फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहमति पत्रको प्रतीक्षामा क्वाङचौका लागि नेपाली महावाणिज्यदूत

(GMT+08:00) 2017-02-28 15:07:36

चीनको व्यापारिक सहर क्वाङचौका लागि महावाणिज्यदूत नियुक्त हुनु भएका रवि भट्टराई नियुक्तपत्रको प्रतिक्षामा हुनुहुन्छ। गत माघ 20 गते बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई क्वाङचौका लागि महावाणिज्यदूत नियुक्ति गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

मन्त्रिपरिषद्को बैठकले महावाणिज्यदूतको रुपमा नियुक्ति दिएपनि पत्र अझै पाइनसकेको भट्टराईले बताउनुभयो। 'चीन सरकारले सहमति पत्र पठाएपछि मैले नियुक्ति पत्र पाउने हो। परराष्ट्र मन्त्रालयले चीन सरकारलाई पत्र लेखिसकेको छ', उहाँले भन्नुभयो।

लगानी बोर्डका सहसचिव रहनु भएका भट्टराईले अर्थमन्त्रालयमा 8 वर्ष, उद्योग मन्त्रालयमा 3 वर्ष, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा 4 वर्ष तथा विश्व व्यापार संगठनमा नायव स्थायी प्रतिनिधिको रुपमा काम गरेको अनुभव सगाल्नु भएको छ।

6 महिना वाणज्यि मन्त्रालयमा समेत काम गरेका भट्टराईले हुम्लामा स्थानीय विकास अधिकारी भएर 15 महिना कार्यसम्पादन गरेको अनुभव छ। क्वाङचौ नेपाल–चीन व्यापारको केन्द्र हो। नेपाल–चीन व्यापारको 60 प्रतिशत कारोबार क्वाङचौबाट हुने गरेको भट्टराईले जनाउनुभयो। 'खासगरी व्यापारमा आएका समस्या हल गर्न सहजीकरण गर्ने भूमिका नै महावाणिज्यदूतको हुनेछ', उहाँले थप्नुभयो।

चीनले सिचवान प्रान्तको राजधानी छेन्दुमा नेपाली वाणिज्यदूतवास खोल्न नेपाललाई अनुरोध गरेपनि नेपालले भने क्वाङचौलाई जोड दिएको थियो।

जानकारी तथा लेखहरु