फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्वारा मानव अधिकार संरक्षणमा पाँच सूत्रीय अडान

(GMT+08:00) 2017-02-28 10:03:53
मानव अधिकारसम्बन्धी चीनको परराष्ट्र मन्त्रालयका विशेष प्रतिनिधि लिउ व्हाले फेब्रुअरी 27 तारिख संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 34 औँ सम्मेलनको उच्च स्तरीय वार्षिक गोष्ठीमा अफ्रिकी मुलुकहरू र चीनको तर्फबाट "शान्तिको संरक्षण गर्दै, मानव अधिकार बढाउने र संरक्षण गर्ने" विषयमा सम्बोधन गर्नुभएको छ। उहाँले शान्ति मानव अधिकारलाई बढाउने र प्रत्याभूति गर्ने मूलभूत पूर्वाधार र आधार हो भन्दै दीर्घकालीन शान्ति साकार तुल्याउने, मानव अधिकारलाई बढाउने र संरक्षण गर्ने विषयबारे पाँच सूत्रीय अडान प्रस्तुत गर्नुभएको छ।

उहाँले दीर्घकालीन शान्ति साकार तुल्याउन र मानव अधिकारलाई बढाउन र संरक्षण गर्नका लागि विभिन्न मुलुकले "संयुक्त राष्ट्र संघको बडा-पत्र"को कार्यनीति र सिद्धान्तलाई पालना गर्नुपर्ने, समान, समष्टिगत, सहयोग, निरन्तर सुरक्षा अवधारणा खडा गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले प्रस्तुत गर्नुभएको पाँच सूत्रीय अडानमा समान साझेदारी सम्बन्धको स्थापना, शान्तिपूर्ण उपायमार्फत विवादको समाधान, सहयोगमार्फत शान्तिको संरक्षण, विकासमार्फत शान्ति प्रवर्द्धन र सभ्यताको विविधतालाई सम्मान गर्नु रहेका छन्।

जानकारी तथा लेखहरु