फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्प र चीनको राज्य परिषदका सदस्य याङबीच भेट

(GMT+08:00) 2017-02-28 10:54:31

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रेम्पले फेब्रुअरी 27 तारिख वाइट ह्वाउसमा चीनको राज्य परिषदका सदस्य याङ चे छसँग भेटवार्ता गर्नुभएको छ।

चिनियाँ नेता याङले ट्रम्पलाई चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको अभिवादन सुनाउनुभयो। ट्रम्पले यसप्रति कृतज्ञाता ज्ञापन गर्दै सी चिन फिङ्गलाई अभिवादन सुनाउन याङलाई अनुरोध गर्नुभयो।

याङले केही दिनअघि राष्ट्राध्यक्ष सी र राष्ट्रपति ट्रम्पबीचको टेलिफोन वार्ताको ठूलो अर्थ रहेको बताउँदै चीनले अमेरिकासँग दुई मुलुकका राष्ट्रनायकबीचको टेलिफोन वार्ताबमोजिम उच्च स्तर र विभिन्न स्तरको आदान-प्रदानलाई बढाउने, द्विपक्षीय क्षेत्र र अन्तर्राष्ट्रिय समस्याहरूबारेको समन्वय र सहयोगलाई विस्तार गर्ने, चीन र अमेरिकाको सम्बन्धको स्वस्थ र स्थिर विकासलाई अगाडि बढाउने आशा लिएको कुरा बताउनुभयो।

ट्रम्पले राष्ट्राध्यक्ष सीसँग महत्वपूर्ण टेलिफोन वार्ता भएकोमा आफूलाई खुशी लागेको बताउँदै अमेरिकाले चीनसँगको सहयोगात्मक सम्बन्धमा महत्व दिएको बताउनुभयो। उहाँले दुई पक्षले विभिन्न क्षेत्रको सहयोगलाई बढाउनुपर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूमा समन्वय र सहयोगलाई विस्तार गर्नुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु