फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाली सेना र लोट्टे समूहबीच "थाड" बन्दोबस्तमा हस्ताक्षर

(GMT+08:00) 2017-02-28 13:56:16

दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयले फेब्रुअरी 28 तारिख लोट्टे समूहसँग "थाड" बन्दोबस्त मिलाउने जमीनबारे सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

योङहाप समाचार समितिले जनाएअनुसार, उक्त सम्झौता बमोजिम दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयले गेओङ्गी प्रान्तको नामयाङजु-सीको 67 हजार वर्गमिटरको सैन्य जमीनलाई लोट्टे समूहको 14 लाख 80 हजार वर्गमिटरको सेङजुको गल्फ मैदानको प्रतिस्थापन गरी "थाड" बन्दोबस्त मिलाउने जमीनको रुपमा बनाउने छ। सेङजुको गल्फ मैदानको अनुमानित मूल्य 89 अर्ब कोरियन वोन अर्थात् 7 करोड 85 लाख 70 हजार अमेरिकी डलर बराबर छ।

सोही दिन "दक्षिण कोरियामा "थाड" बन्दोबस्त मिलाउन विरोध गर्ने राष्ट्रिय कारवाही"लगायतका सातवटा टोलीले दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयको ढोकाअगाडि पत्रकार सम्मेलनको आयोजना गरी विरोध जूलूस प्रदर्शन गरेका छन्।

जानकारी तथा लेखहरु