फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ हिउँदे ओलम्पिकको बजार विकास योजना कार्यन्वयन शुरु

(GMT+08:00) 2017-02-28 16:58:48

पैचिङ हिउँदे ओलम्पिक खेलकूद तथा हिउँदे प्यारा ओलम्पिकको बजार विकास योजनाको कार्यन्वयन हिजो फेब्रुअरी सत्ताइस तारिख ‌औपचारिक रुपमा शुरु भएको छ। सोही दिन आयोजित बजार विकास योजना कार्यन्वयन समारोहमा पैचिङ हिउँदे ओलम्पिक समितिका अध्यक्ष को चिनलुङले हिउँदे ओलम्पिकको बजार विकासबाट नै चिनियाँ तथा विदेशी व्यवसायहरुले ओलम्पिक मार्काबाट ल्याइने व्यापक लाभ तथा फाइदा पाउने विश्वास व्यक्त गर्नुभएको छ।

पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे प्यारा ओलम्पिकको बजार विकास योजनामा प्रायोजन योजना, फ्रान्जाइचिङ योजना तथा टिकटिङ्ग योजना गरी तीनटा भाग रहेका छन्। ती तीनटा योजनाहरु यी दुईटा ओलम्पिक खेलकूदको मुख्य आय श्रोत हुन्। सन् 2017 देखि यी दुईटा ओलम्पिक खेलकूदको समापनसम्मको अवधिमा पैचिङ हिउँदे ओलम्पिक समितिले विकास योजनाको एकीकृत कार्यन्वयन गर्ने छ र जसबाट यथेष्ठ पूँजी तथा सामग्री, प्राविधिक तथा सेवारत प्रत्याभूति दिइने छ। साथै बजार विकास योजनामा संलग्न व्यवसायहरुको हक अधिकारको संरक्षण तथा गुणस्तरिय सेवा पनि प्रदान गर्ने छ।

जानकारी तथा लेखहरु