फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा संचालित उद्योग-व्यवसाय कानून र नियमसित अनुकूल हुनुपर्ने

(GMT+08:00) 2017-02-28 18:20:07

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज फेब्रुअरी 28 तारिख चीन सरकारले लेट्टो समूहलाई दण्ड-सजाई दिने कदम चाल्ने कि नचाल्ने सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै सम्बन्धित उद्योग-व्यवसाय चीनमा संचाल्न हुने कारवाही कानून र नियमसित अनुकूल हुनुपर्ने कुरा बताउनुभएको छ।

प्रवक्ता कङले सोही दिन आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

चीनले विदेशी उद्योग-व्यवसायलाई लगानी लगाउन चीनमा स्वागत गरेको र चीनमा विदेशी उद्योग-व्यवसायको वैधानिक हितलाई सम्मान र संरक्षण गरेको कुरा उहाँले बताउनुभयो। चीनमा विदेशी उद्योग-व्यवसाय सफल कि विफल हुनु चीन बजार र चिनियाँ उपभोक्ताद्वारा निर्णय गरिने कुरामा जोड दिनुभयो।

प्राप्त समाचार जनाइएअनुसार, लेट्टो समूहले दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयसँग "थाड" प्रतिस्थापन सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। धेरै चिनियाँ नागरिकहरूले लेट्टो समूहको प्रतिरोध गर्ने बताएका छन्। प्रवक्ता कङले चीनले दक्षिण कोरियामा "थाड" को विरोध गर्ने धारणा सुदृढ भएको र चीनले आत्म सुरक्षा तथा हितको संरक्षण गर्नका लागि आवश्यक कदम चाल्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु