फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाको रासायनिक हतियार समस्यासम्बन्धी मस्यौदा विफल

(GMT+08:00) 2017-03-01 09:46:23
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले फेब्रुअरी 28 तारिख सिरियाको रासायनिक हतियार समस्यासम्बन्धी निर्णय-प्रस्तावको मस्यौदाबारे मतदान गरेको छ। उक्त मस्यौता पारित गरिएको छैन।

सुरक्षा परिषदले सोही दिन सिरियाको रासायनिक हतियारको सम्बन्धमा बेलायतद्वारा तर्जुमा गरिएको निर्णय-प्रस्तावको मस्यौदाबारे मतदान गरेको छ। मतदानमा नौ मत प्रस्तावको पक्षमा, तीन मतले विपक्षमा र तीन मत टतस्थ रहेका छन्। रुस, चीन र बोलिभियाले विपक्षमा मतदान गरेका छन्। सुरक्षा परिषदका स्थायी सदस्य मुलुकले विपक्षमा मतदान गरेका कारण उक्त मस्यौता पारित नभएको हो।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिध लिउ चे यीले मतदान गरेपछि सम्बोधन गर्दै हाल सिरियामा रासायनिक सामग्रीलाई हतियारको रुपमा बनाएको सम्बन्धमा छानबिन हुँदै गरेको बताउँदै अन्तिम नतिजा प्राप्त नभई यो प्रस्ताव पेश गर्नु नहुने बताउनुभयो।

जानकारी तथा लेखहरु