फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा विश्वमा सबभन्दा अग्लो स्थानमा सुरुङ

(GMT+08:00) 2017-03-01 09:48:11

विश्वमा सबभन्दा अग्लो स्थानको सुरुङ तिब्बतको मिरा पहाडको सुरुङ परियोजना चालू वर्षको सेप्टेम्बर तीस तारिखअघि पूरा हुने भएको छ। तिब्बतको मिरा पहाडको सुरुङ निर्माता कम्पनी चिनियाँ रेलवे निर्माण कम्पनीले हिजो उक्त जानकारी दिएको हो।

तिब्बतको मिरा पहाडी सुरुङ ल्हासा शहर तथा लिन्ची शहर बीचमा पर्ने मिरा पहाडमा छ र यस सुरुङको उचाइ समुद्र सतहदेखि 4740 मिटरभन्दा बढी छ। यस सुरुङको निर्माण पूरा भएपछि विश्वमा सबभन्दा अग्लो स्थानको सुरुङ बन्ने छ। यो सुरुङ संचालनमा आएपछि ल्हासाबाट लिन्चीसम्मको यातायात समय अहिलेको आठ घण्टाबाट घटेर चार घण्टामा आउनेछ। साथै हिउँद याममा मिरा पहाडमा गाडी चलाउने सुरक्षा समस्याको समाधान पनि हुने विश्वास गरिएको छ।


1 2
जानकारी तथा लेखहरु