फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थानीय निर्वाचनका कारण नेपालका प्रधानमन्त्री चीनको ओबीओआर सम्मेलनमा अनुपस्थित हुने

(GMT+08:00) 2017-03-01 15:56:55

आगामी जेठ पहिलो साता बेइजिङमा हुने वान बेल्ट वान रोड (ओबीओआर) सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थित हुनुहुनेछ। सम्मेलनमा विश्वका 40 भन्दा बढी राष्ट्र तथा सरकार प्रमुखको उपस्थिति रहने बताइएको छ। स्थानीय निर्वाचनको तयारी भइरहेकाले उपस्थित नहुने सूचना नेपालले चीनलाई दिएको कान्तिपुर अनलाइनले लेखेको छ। यसलाई स्वाभाविक रूपमा लिँदै चीनले निर्वाचनको सफलता र संविधान कार्यान्वयनका लागि शुभकामना दिएको छ।

सम्मेलनमा आफू नभए पनि नेपालको उच्चस्तरको सहभागिता रहने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राजदूत यू होङलाई मंगलबार दिनु भएको छ। राजदूत यूसँगको भेटमा दुईपक्षीय हित र स्थानीय निर्वाचनको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भेटमा दाहालले चीनले अघि बढाएको ओबीओआरमा नेपाल सहभागी हुने प्रतिबद्धता जनाउनु भएको छ। चीनद्वारा प्रस्तावित ओबीओआर अवधारणामा नेपाल सहभागी हुने सम्बन्धमा छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुने समेत उहाँले बताउनुभयो। एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुकबीच जमिन, हवाई, समुद्री मार्गबाट आपसमा जोडदै रेल, सडक पूर्वाधार सञ्जाल, बन्दरगाह, अन्तर्देशीय विद्युतीय प्रसारण लाइन निर्माण र आर्थिक विकासको खाका लगायतका महत्त्वाकांक्षी अवधारणाअन्तरगत ओबीओआर रहेको छ। ओबीओआर अवधारणामार्फत नेपाल र एसिया क्षेत्रमा पूर्वाधार निर्माण, कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको राजदूत यूले बताउनु भएको थियो।

जानकारी तथा लेखहरु