फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाको आधारभूत प्रबन्धमा वार्षिक माग 17 खर्ब अमेरिकी डलर

(GMT+08:00) 2017-03-01 09:10:05

एशियाली विकास बैंकले फेब्रुअरी 28 तारिख हंगकंगमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सन् 2016 देखि सन् 2030 सम्म एशियाको पूर्वाधारको लगानी माग 260 खर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने र सरदर वार्षिक माग 17 खर्ब अमेरकी डलर हुनेछ।

"एशियाको पूर्वाधार निर्माण माग" शीर्षकको प्रतिवेदनमा एशियाको ऊर्जा स्रोत, यातायात, दूर-सञ्चार, जल संभार, स्वास्थ्य क्षेत्रको आधारभूत प्रबन्धलाई महत्व दिइएको छ।

एशियाली विकास बैंकका प्रथम उप-अर्थशास्त्री च्वाङ च्यु चुङले बित्तीय सुधार गर्नुपर्ने र निजी लगानीलाई आधारभूत प्रबन्धको निर्माणमा संलग्न हुन आकर्षित गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले चीनको आधारभूत प्रबन्धको निर्माण राम्रोसँग गरिएको, चीन सरकारले पनि गैर-सरकारी लगानीलाई आधारभूत प्रबन्धको निर्माणमा संलग्न हुन प्रोत्साहन गरेको कुरा बताउनुभयो। चीन सरकारद्वारा प्रस्तुत गरिएको "एक पेटी एक मार्ग" रणनीति पनि एशियाको आर्थिक बृद्धिको टेवा बन्ने कुरा उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु