फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई अधिवेशनमा एक पेटी एक मार्ग लगायत आर्थिक विषयद्वारा ध्यानाकर्षण

(GMT+08:00) 2017-03-01 16:12:05

विश्वको अर्थतन्त्र मन्द र असन्तुलित भएको अवस्थामा चीन विश्वको आर्थिक बृद्धिलाई टेवा दिने प्रथम एन्जिन बन्दै आएको छ। यस्तो पृष्ठभूमिमा चीनको राजनीतिक क्षेत्रमा दुईवटा ठूला अधिवेशनले विभिन्न पक्षको ध्यानलाई तानिरहेका छन्। चीनको आर्थिक कार्यको मूल स्थिति स्थिर हुँदै अघि बढिरहेको सिलसिलामा आपूर्ति क्षेत्रको बनौटमूलक सुधार, मौद्रिक खतराको नियन्त्रण, एक पेटी एक मार्ग निर्माण लगायतका आर्थिक विषयहरु चालू वर्षका दुईवटा अधिवेशनमा चर्चित विषय बन्ने विश्वास बहु चिनियाँ अर्थविदहरुले व्यक्त गरेका छन्।

आउने मे महिनामा चीनले एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको आयोजना गर्ने भएको छ। एक पेटी एक मार्ग अवधारणाबाट चीन लगायत एशियाको विकासका लागि नयाँ अवसर सिर्जना गर्ने विषय नै दुईटा अधिवेशनमा छलफल हुने चर्चित विषय बनेको अर्थविदहरुले औँल्याएका छन्।

यसका अतिरिक्त, चालू वर्षको दुईटा अधिवेशनको अवधिमा चीन राष्ट्रिय विकास तथा सुधार समिति, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय लगायत मुख्य आर्थिक विभागहरुका नव नियुक्त जिम्मेवार व्यक्तिहरुले सम्बद्ध विभागको सुधारबारे पत्रकार सम्मेलनमा जानकारी दिनुहुने कार्यक्रम पनि छ।

जानकारी तथा लेखहरु