फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका लागि चिनियाँ राजदूतद्वारा भारत-चीन मैत्री संघका महासचिवसँग भेट

(GMT+08:00) 2017-03-01 16:47:13

भारतका लागि चिनियाँ राजदूत लो चाउ व्हैले भारत-चीन मैत्री संघका महासचव भी. भाष्करनसँग भेट गर्नुभएको छ। उहाँहरूले गैर-सरकारी स्तरको आवत-जावत र जनस्तरको आदान-प्रदानबारे वैचारिक छलफल गर्नुभएको छ।

राजदूत लोका अनुसार, भारत र चीनबीचको मित्रता लामो समयदेखि कायम रहेको र भारत-चीन मैत्री संघलगायत मैत्रिपूर्ण संगठनहरुले दुई देशबीच जनस्तरको आदान-प्रदानलाई अघि बढाउनका लागि उत्कृष्ट योगदान दिएका छन्। जनस्तरको आदान-प्रदान र बुझाइको विकास निकै महत्वपूर्ण छ। भारत-चीन मैत्री संघका पूराना तथा नयाँ मित्रहरुले दुई देशबीचको मित्रतालाई नयाँ पृष्ठ थप्ने आशा आफूले गरेको राजदूत लोले बताउनुभयो।

भारत-चीन मैत्री संघको प्रयासमा आपसी बुझाइ र मित्रतालाई अगाडि बढाउने कुरा महासचिव भी. भाष्करनले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु