फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्वारा मानव अधिकार संरक्षणमा वक्तव्य प्रकाशित

(GMT+08:00) 2017-03-02 09:46:27

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्वीजर्ल्याण्डस्थित अरु अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ स्थायी प्रतिनिधि मा चाउ स्युले हिजो मार्च एक तारिख संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 34औं सम्मेलनमा 140 वटा मुलुकको तर्फबाट "मानव अधिकारलाई अगाडि बढाउने र संरक्षण गर्ने, मानव भाग्य समुदायको सिर्जना गर्ने" शीर्षकमा एक वक्तव्य प्रकाशित गर्नुभएको छ।

मा चाउ स्युले विश्वको शान्तिको संरक्षण गर्न, साझा विकास साकार तुल्याउन, मानव अधिकारलाई अगाडि बढाउन र संरक्षण गर्नका लागि विभिन्न मुलुकले मानव भाग्य समुदायको संयुक्त रुपमा सिर्जना गर्ने, दीर्घकालीन शान्ति, सुरक्षा, साझा समृद्धि, खुलस्त र समाविष्टि, स्वच्छ र सुन्दर संसारको निर्माण गर्ने कुरा बताउनुभयो।

साथै उहाँले विभिन्न मुलुकले मिलेर मानव भाग्य समुदायको संयुक्त रुपमा सिर्जना गर्ने, मानव अधिकारलाई अगाडि बढाउने र संरक्षण गर्ने, मानवको शान्ति तथा विकास र सहयोगका लागि प्रयास गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु