फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा आर्थिक सहयोग संगठनको शिखर सम्मेलन

(GMT+08:00) 2017-03-02 10:14:31
पाकिस्तानी "डाउन समाचार" लागयत सञ्चार-माध्यमहरूले मार्च एक तारिख जनाएअनुसार, आर्थिक सहयोग संगठनको तेह्रौं शिखर सम्मेलन मार्च एक तारिख इस्लामावादमा आयोजना भएको छ। इरान, टर्की, काजाकिस्तान आदि आर्थिक सहयोग संगठनका सदस्य मुलुकहरूका राष्ट्रनायकहरू र नेतागण उक्त शिखर सम्मेलनमा उपस्थित हुनुभएको छ।

यस पटकको शिखर सम्मेलनको मुख्य विषयवस्तु "क्षेत्रीय समृद्धि अगाडि बढाउनसक्ने अन्तरसन्जाल तथा अन्तरकार्य" रहेको छ। उक्त शिखर सम्मेलनले चीनलाई सहभागी हुन निमन्त्रण गरेको छ। पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख एवं चीनका उप परराष्ट्र मन्त्री चाङ य स्वैसँग भेट-घाट गर्दै यस पटकको शिखर सम्मेलन चीनको "एक पेटी एक मार्ग" रणनीति र चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण लक्ष्यसित समान रहेको बताउनुभयो।

आर्थिक सहयोग संगठन सन् 1985 मा इरान, टर्की र पाकिस्तानद्वारा स्थापना गर्न प्रस्तावित गरिएको थियो। यो संगठनको मुख्यालय इरानको तेहरानमा छ।

जानकारी तथा लेखहरु