फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परामर्शदात्री सम्मेलनको अधिवेशन मार्च तीन तारिख शुरु

(GMT+08:00) 2017-03-02 18:53:15
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन मार्च तीन तारिख दिउँसो तीन बजे पैचिंगस्थित जन वृहत सभा भवनमा शुरु हुने भएको छ।

उद्घाटन समारोहमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका दुई हजार जनाभन्दा बढी सदस्यले समितिको कार्य-प्रतिवेदन, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको बाह्रौँ राष्ट्रिय समितिको चौथो अधिवेशनयता पेश भएका प्रस्तावहरूसम्बन्धी प्रतिवेदन सुन्ने र लेखाजोखा गर्ने छन्।

चिनियाँ केन्द्रीय जन रेडियो, सी.सी.टी.भी., चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजनले उदघाटन समारोहमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङले प्रस्तुत गर्नुहुने कार्य-प्रतिवेदनको प्रत्यक्ष प्रसारण गर्नेछन्।

जानकारी तथा लेखहरु