फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा आर्थिक सहयोग संगठनको शिखर सम्मेलन सम्पन्न

(GMT+08:00) 2017-03-03 10:02:50

पाकिस्तानी "डाउन समाचार"ले मार्च दुई तारिख जनाएअनुसार, आर्थिक सहयोग संगठनको तेह्रौं शिखर सम्मेलन मार्च एक तारिख पाकिस्तानको इस्लामावादमा सम्पन्न भएको छ।

उक्त शिखर सम्मेलनले "इस्लामावाद घोषणा-पत्र" सार्वजनिक गरेको छ। सम्मेलनमा आर्थिक तथा व्यापारिक सहयोगसम्बन्धी अनेकौं सहमति प्राप्त भएका छन्। सहमतिहरूमा चीन-पाकिस्तान आर्थिक करिडोरलाई क्षेत्रीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै स्वागत गरिएको छ। आगामी तीन वर्षदेखि पाँच वर्षसम्मभित्र आर्थिक सहयोग संगठनका सदस्य मुलुकहरूबीचको व्यापार रकममा दोब्बार बृद्धि गर्ने अर्को सहमति गरिएको छ। आर्थिक सहयोग संगठन मुलुकमा पुनर्बिमा कम्पनी तुरुन्तै खोलिने छ। आर्थिक सहयोग संगठनको उर्जा बजार स्थापना हुने र आर्थिक सहयोग संगठनका सदस्य मुलुकहरूबीचको अन्तर्देशीय व्यापारलाई बढाउने अर्को सहमति गरिएको छ। अन्तर्राष्ट्रिय सूचना-सञ्चार संघसँग सहयोग गरी क्षेत्रीय सूचना-सञ्चारको विकासबारेको अनुसन्धान गर्ने तथा क्षेत्रीय पर्यटन व्यवसायको विकासलाई अगाडि बढाउने सहमति पनि गरिएको छ।

जानकारी तथा लेखहरु