फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशका नोबेल विजेताद्वारा ह नान प्रान्तको भ्रमण

(GMT+08:00) 2017-03-03 10:06:12

चीनको "विज्ञान तथा प्रविधि पत्रिका"ले मार्च दुई तारिख जनाएअनुसार, चीनको ह नान प्रान्तको चुङ युआन बैंकको समाविष्ट बित्त तथा किटान गरिएको लक्ष्यसहित गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय सहयोग परियोजनाको उदघाटन समारोह हालै ह नान प्रान्तको सदरमुकाम चङ चौ शहरमा आयोजना भएको छ। बंगलादेशको ग्रामीण बैंकका संस्थापक मुहम्मद युनुस चुङ युआन बैंक र ग्रामीण बैंकको हस्ताक्षर समारोहमा उपस्थित हुनुभएको छ।

युनुसद्वारा स्थापना गरिएको र विश्वका चालीस वटा मुलुकमा प्रचार-प्रसार गरिएको "ग्रामीण ढाँचा" चालीस वर्षअघिको एक ग्रामीण जाँचबुझबाट आएको थियो। सन् 2006 मा "गरिबहरूका बैंकर" कहलाइएका युनुसले नोबेल शान्ति पुरस्कार जित्नुभएको छ।

सन् 2016 को अप्रिल महिनामा चिनियाँ बैंकको अनुगमन समिति र ग्रामीण बैंकले "किटान लक्ष्यसहित गरिबी निवारण" क्षेत्रमा सहयोगात्मक सहमति प्राप्त गरेका थिए र ग्रामीण (चीन) कम्पनी लिमिटेडको स्थापना गरेका छन्।

जानकारी तथा लेखहरु