फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन पैचिंगमा शुरु

(GMT+08:00) 2017-03-03 15:33:20

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन आज मार्च तीन तारिख दिउँसो पैचिंगमा शुरु भएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङ्गलगायतका चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय नेताहरू उदघाटन समारोहमा उपस्थित हुनुभएको छ। चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ शङले उक्त अधिवेशनमा स्थायी समितिको कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले विगत एक वर्षमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको कार्यलाई निचोड निकाल्नुका साथै सन् 2017 को कार्य बन्दोबस्त मिलाउनुभयो।

आगामी दश दिनमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका दुई हजार एक सय सदस्यले चीनको राजनीति, अर्थतन्त्र, सामाजिक जीवन आदि क्षेत्रहरूका महत्वपूर्ण तथा ठूला समस्याहरूबारे प्रस्ताव प्रस्तुत गर्ने छन्।

जानकारी तथा लेखहरु