फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशन बहु तवरबाट सामाजिक विषयमा प्रतिक्रिया दिइने

(GMT+08:00) 2017-03-04 13:30:17

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशन मार्च पाँच तारिख विहानदेखि पन्ध्र तारिखविहानसम्म चल्ने भएको छ। सो अधिवेशनका प्रवक्ता फु यिङले आज मार्च चार तारिख विहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। सो अधिवेशनमा सत्र पटक पत्रकार सम्मेलनको आयोजना हुनुका साथै हरेक पूर्ण बैठकअघि सम्बद्ध विभागका जिम्मेवार व्यक्तिले सर्वसाधारणको ध्यान तानिने विषय सम्बन्धि प्रश्नको जवाफ दिनुहुने छ।

एघार एजेन्डा भएको सो अधिवेशनमा सरकारी कार्य प्रतिवेदन लगायतका छवटा प्रतिवेदनका साथै जन काँग्रेसका सदस्यको निर्वाचन सम्बन्धी तीनवटा विधेयकको पनि लेखाजोखा गरिने जानकारी प्रवक्ता फुले बताउनुभएको छ। मार्च पन्ध्र तारिख विहान सो अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्री ली खछ्याङले चिनियाँ तथा विदेशी पत्रकारसँग कुराकानी गर्नुहुने छ।

प्राप्त जानकारी अनुसार, हालसम्म सो अधिवेशनको रिपोर्ट गर्न दर्ता भएका पत्रकारहरुको कूल संख्या तीन हजार पुगेको छ। तीमध्ये एक हजार पाँच सय विदेशबाट आएका हुन्।

जानकारी तथा लेखहरु