फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनद्वारा जनजीवनको सुधार तथा सामाजिक निर्माणमा महत्व

(GMT+08:00) 2017-03-04 09:33:38

हिजो मार्च तीन तारिख आयोजित चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशनको उद्धाटन समारोहमा अध्यक्ष यु चङशनले कार्य प्रतिवेदन प्रस्तुत गर्दै सन् 2016 मा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनले जनजीवनको सुधार तथा सामाजिक निर्माणमा महत्व दिइएको जानकारी दिनुभएको छ।

अध्यक्ष युका अनुसार, बिगत एक वर्षमा राष्ट्रिय समितिले चिकित्सा तथा औषधि सम्बन्धी स्वास्थ्य प्रणालीको सुधारलाई गहन पार्दै शैक्षिक निष्पक्षता तथा शैक्षिक गुणस्तरको बढावामा महत्व दिइएको छ। साथै रोजगारी, श्रम ऐन तथा कानुन कार्यन्वयन, वातावरण प्रदूषणको निवारण, छिङहाई तालको संरक्षण, खाद्यान्न तथा सुरक्षा निगरानी अवस्थाको निर्माणको लोकतान्त्रिक निरीक्षण गरिएको छ।

जानकारी तथा लेखहरु