फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन्यजन्तु तथा बनस्पतिको अबैध व्यापार नियत्र्ण गर्न चीनको आव्हान

(GMT+08:00) 2017-03-04 11:35:26

विभिन्न मुलुकहरुले वन्यजन्तु तथा बनस्पतिको अबैध व्यापारलाई नियन्त्रण गर्ने क्षेत्रमा महत्व दिँदै यस्तो गम्भीर अपराधलाई कडा सजाइ दिनुपर्ने छ। उक्त कुरा संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि लिउ चे यीले मार्च तीन तारिख 'विश्व वन्यजन्तु तथा बनस्पति दिवस' मा आयोजित सम्बद्ध उच्चस्तरिय गोष्ठीमा व्यक्त गर्नुभएको हो।

चिनियाँ प्रतिनिधि लिउले बिक्री नभइ हत्या नहुने र विभिन्न मुलुकहरुले बजारमा जंगली जनावर तथा बनस्पतिको अबैध शिकार तथा व्यापारलाई हटाउनुपर्ने आग्रह पनि गर्नुभएको छ। यसका साथै विभिन्न मुलुकले 'दुर्लभ हुन लागेका जंगली जनावर तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सन्धि'लाई व्यवहारमा उतारी वन्यजन्तु तथा बनस्पतिको संरक्षण गर्ने कर्तव्य संयुक्त रुपमा बहन गर्नुपर्ने उहाँले बताउनुभयो।

प्रतिनिधि लिउले चीनको तेह्रौं पञ्च वर्षिय योजनामा प्राणीको विविधताको संरक्षण परियोजनाहरुको कार्यन्वयन, वन्यजन्तु तथा बनस्पतिको आयात-निर्यातको व्यवस्थापनको प्रवर्द्धन आदि विषयलाई प्रस्तुत गरिएको विषय बारे प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु