फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2020 सम्म नागरिक कानुनको संशोधन कार्य पूरा हुने

(GMT+08:00) 2017-03-04 14:49:33

बाह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशनका प्रवक्ता फु यिङ्गले मार्च चार तारिख आयोजित पत्रकार सम्मेलनमा बोल्दै नागरिक कानुन मस्यौदा लेखाजोखा गर्ने बताउनु भएको छ। मस्यौदा नागरिक कानुनले युगको विकाससँग सम्बन्ध राख्दै निगरानी तथा सुरक्षा प्रणाली, संस्थागत प्रतिनिधि तथा व्यक्तिगत गतिबिधि क्षमतालाई सीमित गर्ने उमेर आदि विषयलाई पूर्णता दिलाएको तथा मध्यस्थ गरेको छ। योजनाअनुसार, नागरिक कानूनको संशोधित कार्य सन् 2020 मा पूरा हुनेछ।

प्रवक्ता फुकाअनुसार, अहिले चीनमा प्रचलित रहेको नागरिक कानून 30 वर्षअघि तर्जुमा गरिएको हो। यसले राष्ट्रिय आर्थिक विकास तथा सामाजिक प्रगतिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस पटक लेखाजोखा गरिने मस्यौदाले नयाँ सामाजिक अवस्थाबमोजिम् केही मध्यस्थ गरेको छ। उदाहरणका लागि शहरमा काम गर्नेले आफ्ना बुबाआमालाई ग्रामीण क्षेत्रमा छोडेको र बाल-बालिका तथा वृद्ध-वृद्धा बढी देखिएको प्रवृत्तिलाई लक्षित गरी निगरानी तथा सुरक्षा प्रणालीलाई पूर्णता दिलाइएको हो। विशेषगरी क्षमता र्‍हास भएका वृद्ध-वृद्धालाई नागरिक कानुनले विशेष ख्याल गरेको छ।

जानकारी तथा लेखहरु