बार्हौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशन भोलि मार्च पाँच तारिख सुरु हुँदैछ। आज 4 तारिख आयोजित पत्रकार सम्मेलनमा अधिवेशनका प्रवक्ता फु यिङ्गले सन् 2017 मा चीनको रक्षा खर्च 7 प्रतिशतले वृद्धि हुने बताउनुभएको छ।
उहाँका अनुसार, हरेक वर्ष चीन सरकारले राष्ट्रिय रक्षाको चाहना र आर्थिक विकासको स्तरबमोजिम रक्षा खर्च निश्चित गर्छ। सन् 2017 मा चीनको रक्षा खर्चको वृद्धि लगभग 7 प्रतिशत हुनेछ। कूल गार्हस्थ उत्पादनमा रक्षा खर्चको अनुपात 1.3 प्रतिशत पुगेको छ।
चीनको रक्षा खर्चमा जीवनको लागत, अभ्यासको खर्च र उपकरण लागत समेटिएको छ। विश्वका अरु ठूला देशको तुलनामा चीनको रक्षा खर्च जीडिपिको अनुपात र प्रति नागरिकको सरदर खर्च एवं सैनिकप्रति खर्च पूरै धेरै कम देखिन्छ। दश वर्षदेखि जीडिपिमा चीनको रक्षा खर्चको सरदर अनुपात 1.32 प्रतिशत पुगेर विश्वको सरदर 2.4 प्रतिशतभन्दा पनि कम रहेको छ।