फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ अधिवेशन भोलिदेखि सुरु

(GMT+08:00) 2017-03-04 15:48:13

बाह्रौँ चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ अधिवेशन पाँच तारिख विहान नौ बजे जन बृहत सभा भवनमा सुरु हुने भएको छ। यो अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। उक्त प्रतिवेदनमाथि खेखाजोखा गरिने, राष्ट्रिय आर्थिक तथा सामाजिक विकास योजनाको कार्यन्वयन अवस्था 2016 तथा राष्ट्रिय आर्थिक तथा सामाजिक विकास योजनाको मसौदा 2017 बारेको प्रतिवेदन जाँझबुझ गरिने छ।, केन्द्रीय तथा स्थानीय बजेटको कार्यान्वयन अवस्था 2016 तथा केन्द्रीय तथा स्थानीय बजेटको मस्यौदा 2017 को प्रतिवदेन जाँझबुझ गरिनेछ। विभिन्न प्रतिनिधि मण्डलले भोलि दिउँसो आयोजित पूर्ण बैठकमा सरकारी कार्य-प्रतिवेदनमाथि छलफल गर्नेछन्।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशनका सदस्यहरू पनि पाँच तारिख विहान बाह्रौँ चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ अधिवेशनको उद्धाटन समारोहमा उपस्थित हुनुहुनेछ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन, चिनियाँ राष्ट्रिय रेडियो तथा राष्ट्रिय टेलिभिजनले बाह्रौँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ अधिवेशनको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्नेछन्।

जानकारी तथा लेखहरु