फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी विज्ञको आँखामा चीनको दुइटा अधिवेशन

(GMT+08:00) 2017-03-04 16:03:20

विश्वव्यापीकरणको विरोध भइरहेको पृष्ठभूमिमा चीनले अर्थतन्त्रको विश्वव्यापीकरण र अन्तर-क्षेत्रीय सहयोगलाई सुदृढताका साथ समर्थन गरेको छ। चीनका दुइवटा अधिवेशनबारे विदेशी विज्ञ तथा विद्बानहरुले एक पेटी एक मार्ग प्रस्तावमा सबैभन्दा बढी नजर पुर्‍याएका छन्।

रुसी विज्ञान प्रतिष्ठानअन्तर्गत सुदूर पूर्वी संस्थाका प्रमुख सर्गेइ लुजानिनले एक पेटी एक मार्ग विश्व स्तरीय प्रस्ताव भएर अर्थतन्त्रको विश्वव्यापीको नकारात्मक प्रभावलाई हटाउनुका साथै हरेक देश र जातिलाई फाइदा पुर्‍याउने विचार व्यक्त गर्नुभएको छ।

इजिप्ट "अल-एहराम" अखवारका प्रमुख अहमद अल नाग्गार प्रसिद्ध अर्थशास्त्री पनि हुनुहुन्छ। उहाँका अनुसार, चीनको विकासले देश-देशको सम्बन्धमा गहिरो सुधार गर्नेछ। एक पेटी एक मार्गको अर्थ दुइवटा महत्वपूर्ण व्यापार मार्गको पुनःसञ्चालन मात्र नभई विश्वका विभिन्न मुलुकहरु, ठूला वा साना, बलियो वा कमजोर सबैलाई निष्पक्ष रुपमा व्यापार गरेर शान्ति र विकास साकार पार्ने विचार प्रसार गरेको छ।

ब्राजिलको रियो दि जेनेरियो राज्य विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख माउरिसिओ सान्टोरोको विचारमा एक पेटी एक मार्गले चीनको अन्तर्देशीय प्रान्त र मध्य एशिया, मध्य पूर्व, दक्षिण एशिया तथा अझ टाढाका क्षेत्रलाई सम्पर्क गरेको छ। जसले चीनका प्रान्तको विकास गर्नुका साथै विश्वको आर्थिक विकासको जीवित शक्तिलाई बढाएको छ। यो व्यापारको सुरक्षावादको जवाफ हुनुका साथै विकासुन्मुख मुलुकका लागि नयाँ सहयोग बाटो दिएको छ।

जानकारी तथा लेखहरु