फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सम्बन्धबारे प्रवक्ता फु यिङको धारणा

(GMT+08:00) 2017-03-04 16:08:29

बाह्रौं चिनियाँ जन काँग्रेसको पाँचौं अधिवेशनका प्रवक्ता फु यीङले आज मार्च चार तारिख विहान आयोजित पत्रकार सम्मेलनमा चीन-भारत सम्बन्धबारे चर्चा गर्नुभएको छ।

भारतीय पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता फु यीङले आपसी सम्बन्ध मतभेदको सट्टामा सहयोगमा ध्यान दिनुपर्ने बताउनुभएको छ। द्रुत गतिले विकसित भैरहेको चीन-भारत सम्बन्धमा दुई देशका नेतागण बीचको भेटघाट, दुई देशका सेना बीचको वार्षिक आदानप्रदानका साथै अन्तर्देशीय अपराध नियन्त्रण सहयोग अवस्था पनि खडा गरिएको छ। अन्तर्राष्ट्रिय वा क्षेत्रीय मामिलामा चीन र भारत बीचको कतिपय मतैक्य हासिल गरिसकेको छ तापनि केही मतभेद तथा समस्या पनि विद्यमान नै छ। आ-आफ्ना विकास क्रममा यी दुईटा विकासोन्मुख मुलुकसामु चुनौती तथा कठिनाइ परिरहेका परिप्रेक्ष्यमा हामीले एक अर्काको ध्यानमा राखिएको समस्याको समाधान गर्नको लागि आपसी समझदारीलाई बढाउनुपर्छ। केही वर्षयता, चीन र भारतले एकातिर विद्यमान समस्याको समाधान गर्दै आएका छन् भने अर्कातिर पारस्परिक सहयोगलाई अघि बढाउन निरन्तरता दिँदै आएका छन्। एक पेटी एक मार्ग निर्माण अथवा इन्टर्नेट तथा दूरसंचार परियोजना यी सबै आर्थिका विकास आधारित हुन् र अन्तमा भारतको लागि हितकर हुने कुरामा शंका छैन। यसै कारणले दुई देशले समस्यालाई विचार गरी सहयोग भन्ने मूल स्थितिबाट हेर्नुपर्छ।

जानकारी तथा लेखहरु