फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्यासम्बन्धी जेनेभा वार्ता सम्पन्न

(GMT+08:00) 2017-03-04 18:10:23

नौ दिनको निरन्तर वार्तापछि सिरिया समस्यासम्बन्धी नयाँ जेनेभा वार्ता मार्च 3 तारिख सम्पन्न भयो। यही महिनामा अर्को वार्ता सुरु हुने योजना रहेको छ। संयुक्त राष्ट्र संघका महासचिवअन्तर्गत सिरिया समस्या विशेष दुत स्टफन द मिस्टुराले सोही दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

उहाँका अनुसार, सो वार्तामा ठूलो प्रगति हासिल नभए तापनि सिरिया सरकार र विपक्षका प्रतिनिधि मण्डलले आगामी वार्ताको मुख्य विषयबारे सहमति गरेका छन्। जसले नयाँ वार्तालाई राम्रो आधार तयार गरेको उहाँले व्यक्त गर्नुभएको छ।

दश महिनासम्म स्थगित सिरिया समस्यासम्बन्धी जेनेभा वार्ता फेब्रुअरी महिना 23 तारिख जेनेभामा सुरु भएको हो।

जानकारी तथा लेखहरु