फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेल्जियममा पहिलो पटक तिब्बती नयाँ वर्ष समारोह

(GMT+08:00) 2017-03-05 10:17:40

        विश्वका विभिन्न स्थानका तिब्बती देशबन्धुले तिब्बती पात्रो अनुसार नयाँ वर्ष मनाइरहेका छन्। बेल्जियमका लागि चिनियाँ राजदूताबासले स्थानीय समयअनुसार मार्च तीन तारिख राति ब्रुसेल्समा पहिलो पटक नयाँ वर्षको समारोहको आयोजना गरेको छ। स्वदेशी तिब्बती कलाकार तथा बेल्जियमका लागि बसोबास गरेको तिब्बती देशबन्धुले भेला भएर सँगसँगै नयाँ वर्ष मनाएका छन्।

         उक्त समारोह ब्रुसेल्सको केन्द्रमा पर्ने एउटा उच्चस्तरीय होटेलमा आयोजना भएको हो। कान सु प्रान्तका कान नान तिब्बतीय स्वायत राज्यको श्या ह जिल्लाको ला पु लङ्ग कला मण्डलका कलाकारले स्थानीय दर्शकका लागि राम्रो तिब्बती अभिनय देखाएका छन्। ती कलाकारहरु स्वदेशी तिब्बतीय क्षेत्र तथा विदेशी तिब्बतीय देशबन्धुमा प्रख्यात भएका छन्। समारोह क्रमशः उच्च लहरमा प्रवेश गर्नुका साथसाथै कोही तिब्बती देशबन्धुले सँगसँगै रमाइलो क्वो च्वाङ्ग नृत्य नाच्नथालेका थिए। स्थानीय हान जातिय साथीले पनि तुरुन्तै सँगसँगै नाचेका थिए। वातावरण एकदम राम्रो चर्चित भएको थियो।

        राम्रो वातावरणले स्थानीय तिब्बती देशबन्धु छाइ राङ्ग ताऊ अर चीको मन छोएको छ। उहाँले भन्नुभएअनुसार, बेल्जियममा बसोबास गरेका तिब्बती तथा हान जातीय देशबन्धुले पहिलो पटक सँगसँगै तिब्बती पात्रोको नयाँ वर्ष मनाएका हुन्। आफूलाई एकदमै खुशी लागेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु