फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत वर्ष चीनको विशेषतायुक्त कुटनीति गतिशील रहेको प्रधानमन्त्री लीको भनाइ

(GMT+08:00) 2017-03-05 10:38:24

        चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज मार्च पाँच तारिख सरकारी कार्य-प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षको चीनको विशेषतायुक्त कुटनीति गतिशील भएको कुरा व्यक्त गर्नुभएको छ।

         राष्ट्राध्यक्ष सी चिन फिङ्गलगायत राष्ट्रिय नेताहरुले केही मुलुकको भ्रमण गर्नु भएको छ भने एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको शिखर सम्मेलन, शाङ्गहाइ सहयोग संगठनको शिखर सम्मेलन, ब्रिक्स शिखर सम्मेलन, एशिया-यूरोप शिखर सम्मेलन तथा संयुक्त राष्ट्र संघको अनेकौँ उच्चस्तरीय सम्मेलन आदि महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन्। यसमार्फत केही ठूलो मुलुकसितको सहयोगलाई सबल पार्दै छिमेकी मुलुकको सकारात्मक सहयोग जारी रहेको उहाँले उल्लेख गर्नु भएको छ। ठूलो जिम्मेवार मुलुकका हैसियतले चीनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा रचनात्मक भूमिका निर्वाह गर्नुका साथै विश्वको शान्ति तथा विकासका लागि महत्वपूर्ण योगदान दिएको प्रधानमन्त्री लीले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु