फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय विकासमा बौद्धिक व्यक्तिको भूमिका महत्वपूर्ण हुने राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2017-03-05 12:18:03

       चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिन फिङ्गले मार्च चार तारिख दिउँसो चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशनमा संलग्न प्रजातन्त्र प्रबर्द्धनका लागि चिनियाँ संघ चिनियाँ कृषक तथा श्रमिक प्रजातान्त्रिक पार्टी, च्वौ सान संगठनका सदस्यहरुको संयुक्त सम्मेलनमा उहाँहरूको सुझाव सुन्नुभएको छ। प्रजातन्त्र प्रबर्द्धनका लागि चिनियाँ संघ, चिनियाँ कृषक तथा श्रमिक प्रजातान्त्रिक पार्टी तथा च्वौ सान संगठनमा मध्य-उच्चस्तरीय बौद्धिक व्यक्ति धेरै छन्। राष्ट्राध्यक्ष सीले सदस्यहरूसित छलफल गर्दै विस्तृत बौद्धिक व्यक्तिले सक्रियताका साथ जिम्मेवारी वहन गर्नुपर्ने र समृद्ध समाज निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्दै विश्वमा शक्तिशाली बैज्ञानिक प्राबिधिक मुलुक बनाउनका लागि ठूलो योगदान दिनुपर्ने कुरामा जोड दिनुभएको छ।

         सम्मेलनमा याउ आइ सिङ्ग, ह वै तथा ऊ वै व्हा लगायत नौ जना सदस्यले ग्रामीण क्षेत्रको आधारभूत तहको व्यवस्थापन, सर्वज्ञाता डाक्टरको पंक्तिको विस्तार, कृषि भत्ताबारेको बित्तीय प्रणालीको सुधारलाई द्रुत पार्न तथा चीनको सांस्कृतिक अन्तर्राष्ट्रिय असर शक्ति माथि उकास्ने विषयबारे आफ्नो विचार राख्नुभएको छ।

जानकारी तथा लेखहरु