फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा बाह्य खुलापनलाई सक्रियता दिने कुरामा जोड

(GMT+08:00) 2017-03-05 11:34:37

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले मार्च पाँच तारिख सरकारको कार्य-प्रतिवेदन प्रस्तुत गर्दै बाह्य खुलापनलाई सक्रियताका साथ मुख्यतःविस्तार गर्ने कुरा बताउनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय वातावरणको नयाँ परिस्थिति र स्वदेशी विकासको नयाँ मागमा बाह्य खुलापन रणनीतिलाई सुधार गर्ने, खुलापनमूलक अर्थतन्त्रको नयाँ परिपाटीको सिर्जना गर्न गति प्रदान गर्ने, अझै गहिरो स्तर र अझै उच्च स्तरको बाह्य खुलापनलाई अगाडि बढाउने कुरामा जोड दिनुभएको छ।

उहाँकाअनुसार, चीनले "एक पेटी एक मार्ग"को निर्माणलाई अगाडि बढाउने छ, स्थलको आर्थिक करिडोर र समुद्री सहयोगको निर्माणलाई गति प्रदान गर्ने छ। चीनले अन्तर्राष्ट्रिय उत्पादन क्षमताको सहयोगलाई सबल पार्ने, चीनको प्रबन्ध, प्रविधि, मापदण्ड, सेवालाई विदेशतर्फ लम्कन अगाडि बढाउने छ। चीनले पनि उच्च गुणस्तरमा "एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजना गर्ने छ।

प्रधानमन्त्री लीले चीनले वैदेशिक व्यापारलाई स्थिर राम्रो प्रवृत्तितर्फ विकास गराउने, विदेशी व्यापारीहरूको लगानी वातावरणलाई सुव्यस्थित पार्ने, अन्तर्राष्ट्रिय व्यापार र लगानीको स्वतन्त्रता र सुविधाकरणलाई अगाडि बढाउने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु