फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गमा चीन वरिपरीका सबै मुलुक सहभागी हुनुपर्ने नेपाली कुटनीतिज्ञको भनाइ

(GMT+08:00) 2017-03-05 15:21:54

बार्‍हौँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुनु भएका चीनका लागि नेपाली कार्यवाहक राजदूत हरिश्चन्द्र घिमिरेले सीआरआई नेपाली सेवासँग कुरा गर्दै चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले प्रस्तुत गर्नु भएको सरकारी कार्यप्रतिवेदनप्रति व्यावहारिक रहेको बताउनुभयो।

चिनियाँ अर्थतन्त्र स्थिर र विकसित रहेको बताउँदै उहाँले विश्वअर्थत्तन्त्रमा मन्दी आउँदा पनि चिनियाँ अर्थतन्त्रले धानेकाले विश्वका लागि चिनियाँ अर्थतन्त्र इन्जिन बनेको औँल्याउनुभयो। चीनले सन् २०१६ मा एक करोडभन्दा बढिलाई रोजगारी दिएको र एक करोडभन्दा बढी गरिब व्यक्तिको जीवनस्तर उकासेको बताउँदै चिनियाँ अर्थतन्त्रका सूचकाङ्कहरुले चीनको समृद्धि दर्शाएको घिमिरेले बताउनुभयो। चीनले अगाडि सारेको एक पेटी एक मार्गको कार्यक्रमले सबैभन्दा बढी चीनका छिमेकी विकासोन्मुख मुलुकहरुलाई फाइदा पुर्‍याउने बताउँदै नेपालको पर्यटन कृषि जलविद्युत लगायतका क्षेत्रमा चिनियाँ लगानी महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो। चीनको विकासले नेपालजस्ता चीन वरिपरीका विकासोन्मुक मुलुकलाई सकारात्मक प्रभाव पार्ने उहाँको धारणा छ।

विश्वअर्थतन्त्रमा चीनको भूमिका सबैभन्दा गहन र महत्वपूर्ण रहेको बताउँदै चीनले आफ्नो विकाससँगै आफ्ना वरिपरीका मुलुकलाई पनि सँगसँगै विकास गरेर लाने उद्घोष गरेको उल्लेख गर्नभयो। गरिबी निवारण आर्थिक विकास र सामाजिक विकास नभएसम्म शान्ति र स्थिरता हुँदैन भन्ने चीनको भनाइ विश्वकै लागि अनुकरणीय रहेको घिमिरेले बताउनुभयो।

एक पेटी एक मार्ग कार्यक्रम सफल बन्दै गएको प्रधानमन्त्रीको प्रतिवेदनमा उल्लेख भएको बताउँदै कार्यबाहक राजदूत घिमिरेले नेपाल जस्ता मुलुकका लागि चीनले अगाडि सारेको एक पेटी एक मार्ग कार्यक्रम राम्रो अवसर भएकाले चीनका छिमेकी सबै मुलुक सहभागी हुनुपर्ने बिचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु