फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

20 महिनाभित्र उत्पादन सुरु हुने गरी जलविद्युत आयोजना निर्माण हुँदै

(GMT+08:00) 2017-03-06 14:57:55

रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको 20 महिनाभित्र उत्पादन सुरु हुने भएको छ। समुद्री सतहदेखि दुई हजार 350 मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–4 सिम्बु गाउँमा निर्माणकार्य भइरहेको 14 दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार 387 मिटर लम्बाइको हेड्रेस सुरुङको डिजाइनबमोजिम सफलतापूर्वक सुरुङ खोल्ने काम (ब्रेकथ्रु) आइतबार सम्पन्न गरेपछि अब 20 महिनभित्र उत्पादन गरी सक्ने लक्ष्य लिइएको साञ्जेन जलविद्युत् कम्पनीले जनाएको छ।

क्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार दुई अर्ब 21 करोडको लागतमा निर्माण सम्पन्न हुने माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पेट्रोलियम पदार्थको अभाव 2072 साल वैशाख 12 को भूकम्पले बाहिरी क्षेत्रको सडक क्षति पुर्याउँदा निर्माणको अवधि बढ्न गएको हो । प्रसारण लाइन निर्माणमा ढिलाइ भए पनि पहिलो चरणमा उत्पादन हुने 14 दशमलव आठ मेगावाट विद्युत् क्षमताको आधारमा चिलिमे कम्पनीको लाइनमार्फत राष्ट्रिय प्रसारणमा बढाइने छ।

यस्तै साञ्जेल कम्पनीमार्फत निर्माणाधीन 42 दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काम पनि धमाधम अगाडि बढिरहेको अब 22 महिनाभित्र सो आयोजना पनि सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका निमित्त प्रमुख गुरुदास अमात्यले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु