फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

107औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइने

(GMT+08:00) 2017-03-06 14:58:39

महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले 107औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा सबै तह, तप्काका महिलालाई आआफ्नो पहिचानसहित सहभागी हुन आह्वान गर्नुभएको छ। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गरिने कार्यक्रमको जानकारी गराउने उद्देश्यले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले यस्तो आह्वान गर्नुभएको हो।

उहाँले यस पटकको महिला दिवस औपचारिक कार्यक्रममा मात्रै सीमित नगरेर देशका सम्र्पूण महिलालाई पुरूषभन्दा कुनै काममा पनि कमजोर छैनौ भन्ने सकारात्मक सन्देश प्रवाह होस् भनेर राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखलगायत अन्य विशिष्ट तहमा पुगेका महिलाको उपस्थितिमा गर्ने तयारी भएको जानकारी गराउनुभयो।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नारा 'महिला सम्मानको आधारःसीपयुक्त हात र स्वरोजगार' भन्ने रहेको छ भने योसँगै महिला मन्त्रालयले राष्ट्रिय सहायक नाराका रूपमा 'बदलिदो परिवेशमा कामकाजी महिलाः सन् 2030 सम्म बराबरी पाइला' भन्ने नारा पनि तय गरेको जनाइएको छ।

महिला मन्त्रालयका सचिव विष्णु लम्सालले यस वर्षको महिला दिवसको नाराले महिलाको रोजगार र आर्थिक सशक्तीकरणमा जोड दिएकाले हामीले पनि महिला दिवसको कार्यक्रमलाई महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिने खालका कार्यक्रम तय गरेका जानकारी गराउनुभयो। हरेक वर्ष अङ्ग्रेजी महिनाको मार्च 8 मा श्रमिक महिलाको सम्मानमा विश्वभर महिला दिवस मनाइन्छ।

जानकारी तथा लेखहरु