फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निजामति ऐनको मस्यौदाको लेखाजोखा

(GMT+08:00) 2017-03-06 15:08:20

बाह्रौं चिनियाँ राष्ट्रिय जनकाँग्रेसको पाँचौं अधिवेशन मार्च पाँच तारिखदेखि पैचिङ्गमा शुरु भएको छ। अधिवेशनको एक महत्वपूर्ण विषयको हैसियतले निजामति ऐनको मस्यौदाको लेखाजोखा कार्य जनताको सबैभन्दा ठूलो ध्यानाकर्षक विषय बनेको देखिन्छ।

सन् 1954देखि यता चीनले अघिपछि चारपटक गरी निजामति ऐन तर्जुमा कार्य आरम्भ गरेतापनि सफलता मिल्न सकेको छैन। अठारौं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा निजामति ऐनको तर्जुमा गर्ने प्रस्ताव प्रस्तुत गरिएको कुरालाई चीनको निजामति ऐनको तर्जुमा कार्यको अगाडितिरको एक महत्वपूर्ण पाइलाको प्रतीक मानिएको छ।

यस पटक अधिवेशनमा पेश गरिएको निजामति मस्यौदामा जम्मा एघार थान विषय रहेका छन्। त्यसमा निजामति मामिलाको आधारभूत सिद्धान्त, निजामतिको मुख्य समुदाय, निजामति मामिला सम्बन्धी अधिकार र जिम्मेवारी आदि महत्वपूर्ण विषयहरू समावेश छन्। ती विषयमध्येका धेरै नयाँ नियम सर्वसाधारणको दैनिक जीवनसँग घनिष्ट रुपमा सम्बन्धित छन्।

जानकारी तथा लेखहरु