फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष चिनियाँ प्रतिरक्षाको बजेट दश खर्ब चिनियाँ युआन

(GMT+08:00) 2017-03-06 15:54:13

वित्तीय विभागका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, सन्2017 मा चिनियाँ वित्तीय विभागले प्रतिरक्षा क्षेत्रमा दश खर्ब चिनियाँ युआन बजेट विनियोजन गर्नुका साथै गत वर्षको तुलनामा सात प्रतिशतले वृद्धि गरेको छ।

जनकाङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशनका प्रवक्ता फू यिङ्गले चार तारिख सम्बन्धित पश्नको जवाफ दिंदै सन्2017 मा चिनियाँ प्रतिरक्षा बजेट सात प्रतिशतले वृद्धि भएता पनि GDP मा 1.3 प्रतिशत मात्रै ओगट्नुका साथै केही वर्षयता यस स्तरमा कायम राख्दै आएको बताउनुभयो।

वित्तीय विभागका सम्बन्धित जिम्मेवार व्यक्तिले चीन सरकारले आर्थिक निर्माण र प्रतिरक्षा निर्माण समन्वयात्मक रुपमा विकास गर्ने नीति कायम राखेर राष्ट्रिय आर्थिक विकास स्तर र प्रतिरक्षा निर्माणको माग अनुसार बार्षिक प्रतिरक्षा खर्च निश्चित गरेको उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु