फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाद्बारा सुरक्षा परिषद्को निर्णय विपरीत प्रक्षेपण गरिएकोमा चीनको विरोध

(GMT+08:00) 2017-03-06 18:50:47

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज मार्च छ तारिख उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण प्रविधिसम्बन्धी विषयमा संयुक्त राष्ट्र संघको निश्चित नियम रहेको बताउँदै उत्तर कोरियाले सुरक्षा परिषद्को निर्णय-प्रस्ताव विपरीत प्रक्षेपण गरेको कुराको चीनले विरोध गर्ने स्पष्ट पार्नुभएको छ।

उत्तर कोरियाले आजै कोरियाली प्रायद्बीपको पूर्वी समुद्री क्षेत्रमा अज्ञात हवाई प्रक्षेपण गरेको विषयबारे चर्चा गर्दै प्रवक्ता कङ्गले उक्त धारणा व्यक्त गर्नुभएको हो।

प्रवक्ता कङका अनुसार, कोरियाली प्रायद्बीप मामिला सम्बन्धी चीन सरकारका विशेष प्रतिनिधि ऊ ता वैले गत तीन तारिख बेग्ला बेग्लै गरी छ पक्षीय वार्तामा सहभागी अमेरिकी प्रतिनिधि मण्डलका प्रमुख जोसेफ युन र उत्तर कोरियाली प्रतिनिधि मण्डलका प्रमुख किम होङ क्युनसँग टेलिफोन वार्ता गर्नुभएको थियो। टेलिफोन वार्तामा प्रतिनिधि ऊले अमेरिका-गणतन्त्र कोरिया बीचको संयुक्त सैन्य अभ्यास र अमेरिकाले गणतन्त्र कोरियामा थाड नामक क्षेप्यास्त्र विरोधी प्रणालीको तैनाथ गर्ने विषयहरूबारे चीनको धारणा व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु