फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत–नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतमा सुरु

(GMT+08:00) 2017-03-07 15:25:24

व्यापार घाटा उकालो चढिरहेको बेला त्यसलाई कम गर्न भारत–नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ। भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनमा सुरु भएको मेलाको आयोजना नेपाल सरकार बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको सहयोग एवं सहभागिताबाट कञ्चनपुर उद्योग बाणिज्य संघले गरेका हुन्। नेपालमा उत्पादित बस्तु/सेवाहरुको बजार प्रबर्द्धन गर्न सहयोग पुर्‍याउने, निकासीयोग्य बस्तुको पहिचान एवं बजार प्रबर्द्धन गर्ने उद्देश्यले मेला गरिएको नेपालखबर अनलाईनले लेखेको छ।

नेपालका सांस्कृतिक पर्यटकीय सम्पदाहरुको प्रचार–प्रसार, पर्यटकीय होटल, कला संस्कृति र सहित्य, रिर्सोट, टुर एण्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवर्द्धन, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान–प्रदान पनि गरिनेछ।

नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलको उत्पादनलाई रुचिपूर्वक अवलोकन गर्नुभयो। इको प्यानलले भारतमा पनि बजारीकरण गर्ने योजना बनाएको छ। मेलामा नेपाल भारतका दुई सय 50 स्टल भन्दा बढी सहभागिता छ। विश्वव्यापी रुपमा वढ्दै गइरहेको वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग गर्न निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ इको प्यानलले प्रदूषणरहित तथा उर्जा किफायती प्रविधि प्रवर्द्धन गरेको छ। मेला 28 गतेसम्म चल्नेछ।

जानकारी तथा लेखहरु