फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी मैत्री वातावरण बनाउनका लागि नेपालद्वारा चार वटा समिति गठन

(GMT+08:00) 2017-03-07 15:27:18
लगानी सम्मेलनमा लगानीकर्ताहरुले उठाएका बिषयहरुलाई संवोधन गरी लगानी मैत्री वातावरण निर्माण गर्न सरकारले 4 वटा समितिहरु निर्माण गरेको छ। उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा गठित 21 जनाको उच्चस्तरिय समितिमा भौतिक योजना, वाणिज्य, पर्यटन र उर्जा मन्त्री समेत सदस्य रहेका छन्। यसैगरी राष्ट्रिय योजना आयोगको उद्योग हेर्ने सदस्यको संयोजकत्वमा विदेशी लगानी सम्वन्धी नीति उप समिति गठन गरिएको मन्त्री जोशीले जानकारी दिनुभयो। 11 जना सदस्य रहने सो समितिमा निजी क्षेत्रको समेत सहभागिता रहने व्यवस्था मिलाइएको अनलाईन खबरले लेखेको छ।

उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाको संयोजकत्वमा विदेशी लगानी प्रवर्द्धन उप समिति पनि गठन गरिएको छ। यसैगरी लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको संयोजकत्वमा विदेशी लगानी सम्वन्धी परियोजना उप समिति गठन गरिएको छ ।

मन्त्री जोशीले भन्नुभयो 'लगानी प्रवर्द्धनका लागि सजिलो बनाउन औद्योगिक व्यवसाय ऐनमा व्यवस्था भएको एकद्धार नितीको कार्यान्वयनलाई कार्यान्वयनमा लैजाने गरी प्रकृया शुरु गरिएको छ। लगानी सम्मेलनका क्रममा सहभागि क्यानाडाको सरकारी स्वामित्वको जलविद्युत कम्पनी क्यूमेकले नेपालको जलविद्युत विकासमा लगानी गर्ने चासो देखाएको समेत उद्योगमन्त्री जोशीले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु