फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली विद्यार्थीले पहिलोपटक छ वटा ग्रह पत्ता लगाए

(GMT+08:00) 2017-03-07 15:29:30

गत माघ 6 गतेदेखि फागुन 7 गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–2017 अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन्। अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडौंका र एक टोली पोखराका छन्।

अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स)ले खिचेका तस्वीर, आवश्यक सफ्टवेयर र निर्देशन दिइएको थियो। यी सुविधाका आधारमा उनीहरुले ती क्षुद्रग्रह पत्ता लगाएको जानकारी अमेरिका पठाएका छन्। सो खोज प्रमाणित हुन भने केही वर्ष पर्खनुपर्ने हुन्छ।

टोलीमा काठमाडौंको सेलिब्रेसन को.एड. विद्यालयलगायतका विद्यार्थी तथा पोखराको पृथ्वीनारायण क्याम्पसका शिक्षक, विद्यार्थी र नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का क्लब सदस्यहरु सहभागी थिए।

खोज नयाँ र प्रमाणित भएमा ती क्षुद्रग्रहलाई नेपाली नाम पनि दिन सकिने सोसाइटीका अध्यक्ष सुरेश भटृराईले जानकारी दिनुभयो।

अभियानका सहभागी टोलीले प्यान्स्टार्समार्फत् प्राप्त तस्वीरमा भेटिएका लगभग एक लाख 80 हजार चलायमान पिण्डको परीक्षण गरेका गोरखापत्र अनलाईनले लेखेको छ। प्यान्स्टार्सका हाल एक दशमलव आठ मिटरका दुईवटा टेलिस्कोप सञ्चालनमा छन्।

जानकारी तथा लेखहरु