फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व कीर्तिमान कायम राख्न 86 वर्षीय नेपाली वृद्धले सगरमाथा चढ्ने

(GMT+08:00) 2017-03-07 15:31:33

विश्व कीर्तिमान कायम राख्न 86 वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्ने हुनुभएको छ। 'मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान'ले पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको जनाउँदै भन्नुभयो। 'सन् 2015 मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौँ ।'

आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताउनुभयो। उहाँले भन्नुभयो, 'म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु।'

यसअघि शेरचनले 76 वर्षको उमेरमा सन् 2008 मा सगरमाथा चढ्नुभएको थियो। उहाँलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ।

सम्मेलनमा समाजशास्त्री प्राडा कृष्ण भट्टचनले वृद्ध उमेरमा पनि नेपाल र नेपालीको नाममा शेरचनले गरेको अठोटलाई सरकारले सहयोग र सम्मान गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु