फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियालाई क्षेप्यास्त्र प्रक्षेपण रोक्न अन्तर्राष्ट्रिय समाजको ताकेता

(GMT+08:00) 2017-03-07 16:35:24

दक्षिण कोरियाली सैनिक संयुक्त चिफ अफ स्टाफ कार्यालयले मार्च छ तारिख जनाएअनुसार, उत्तर कोरियाले सोहि दिन विहान पूर्वी उत्तर कोरियाली प्रायद्वीपको समुद्रमा चार वटा मिसाइल प्रक्षेपण गरेको छ।

त्यसप्रति अन्तर्राष्ट्रिय समाजले निन्दा गर्दै प्रक्षेपण कार्यक्रमलाई रोक्नका लागि ताकेता गरेको छ।

संयुक्त राष्ट्रसंघका उपमहासचिव फरहान हाकले जनाएअनुसार महासचिव एन्टोनियो गुटेर्रेसले उत्तर कोरियाद्वारा निरन्तर रुपमा सुरक्षा परिषद्को निर्णय उल्लंघन गर्दै हालै फेरि अर्को मिसाइल प्रक्षेपण गरेकोमा निन्दा गर्नुभएको छ।

यसैबीच चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले छ तारिख बताएअनुसार चीनले उत्तर कोरियाको प्रक्षेपण कारवाही पनि विरोध गरेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु