फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको व्यापारिक संरक्षणवादको प्रवृत्ति माथि उठेको भनाइबारे चीनको प्रतिकृया

(GMT+08:00) 2017-03-07 18:09:30

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज सात तारिख पैचिङ्गमा ब्यापारिक लगानीको स्वतन्त्रतालाई प्रबर्द्धन गर्नु चीन र जर्मनीको साझा हित अनुकूल भएकाले दुवै देशले साझा प्रयास गर्नुपर्ने कुरा औंल्याउनुभएको छ। उहाँले चीनको ब्यापारिक संरक्षणवादको प्रवृत्ति माथि उठेको चीनका लागि जर्मनीका राजदूतको भनाइबारे चर्चा गर्दै उक्त प्रतिकृया जनाउनुभएको हो।

चीनका लागि जर्मनीका राजदूतले हिजो छ तारिख अन्तर्वार्ता दिंदै चिनियाँ नेतागणले स्वतन्त्र ब्यापारलाई समर्थन गर्ने र समान ब्यापारिक वातावरणको स्थापना गर्ने सकारात्मक संकेत दिए तापनि अमेरिका, जापान र यूरोपेली मुलुकहरूले चीनको ब्यापारिक संरक्षणवादको प्रवृत्ति दिनप्रति दिन माथि उठ्दैआएको ठहर गरेको कुरा बताउनुभएको छ।

जर्मनी लगायतका अन्य मुलुक बीच आर्थिक र ब्यापारिक सहयोग गर्दैजान चीन इच्छुक रहेको कुरामा चीनले धेरैपटक गरी जोड दिएको कुरापनि प्रवक्ता कङले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु