फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाड प्रणालीका केही प्रबन्ध गणतन्त्र कोरियामा

(GMT+08:00) 2017-03-07 18:42:40
थाड क्षेप्यास्त्र विरोधी प्रणालीका केही प्रबन्धलाई सात तारिख गणतन्त्र कोरियामा पुर्‍याइएको कुरा गणतन्त्र कोरियाली राष्ट्रिय प्रतिरक्षा मन्त्रालय र गणतन्त्र कोरियामा तैनाथ अमेरिकी सेनाले जनाएका छन्।

गणतन्त्र कोरियाली राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका अनुसार, थाड प्रणालीका केही प्रबन्धलाई छ तारिख राति सिउलको दक्षिणी भागको सत्तरी किलोमिटरमा अवस्थित गणतन्त्र कोरियामा तैनाथ अमेरिकी वायु सेनाको ओसान अखडामा पुर्‍याएको थियो। गणतन्त्र कोरियामा तैनाथ अमेरिकी सेनाको निर्देशन कार्यालयले एउटा बक्तव्य प्रकाशित गर्दै गणतन्त्र कोरियामा तैनाथ अमेरिकी सेनाले निरन्तर रुपमा अमेरिका तथा गणतन्त्र कोरिया बीच थाड प्रणालीको तैनाथ गर्ने निर्णयलाई व्यवहारमा उतार्नुका साथै छिटोभन्दा छिटोगरी थाडको आरम्भ गर्ने कुरा जनाएको छ।

उता गणतन्त्र कोरियाली अन्य पार्टीहरूले थाड प्रणालीको कडा शब्दमा विरोध गर्नुका साथै प्रणालीको तैनाथ कार्य तत्काल बन्द गर्न गणतन्त्र कोरिया र अमेरिका सरकारसँग आग्रह गरेका छन्।

जानकारी तथा लेखहरु