फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र प्रधानमन्त्री बेग्लाबेग्लै रुपमा केही प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी

(GMT+08:00) 2017-03-08 14:37:57

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र प्रधानमन्त्री ली ख छ्याङ्ग मार्च सात तारिख बेग्ला बेग्लै रुपमा चिनियाँ जनकांग्रेस बाह्रौं राष्ट्रिय समितिको पांचौं अधिवेशनका केही प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी हुनुभएको छ।

राष्ट्राध्यक्ष सीले ल्याउ निङ्ग प्रतिनिधिमण्डलको बैठकमा भाग लिनुभयो। उहाँले सर्वप्रथम ल्याउ निङ्गको विगतको वार्षिक कामकार्वाहीको प्रशंसा गर्दै आपूर्ति पक्षको बनौटमूखी परिवर्तन र राष्ट्रिय व्यवसायको सुधार तथा विकास अघि बढाउनुपर्ने औंल्याउनुभयो।

त्यस्तै प्रधानमन्त्री ली खछ्याङ्गले तिब्बती प्रतिनिधिमण्डलको बैठकमा भाग लिनुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र चीनको राज्य परिषद्को मागमा यस वर्ष तिब्बतले जनताको दैनिक जीवनका आवश्यक विषयहरु शिक्षा, चिकित्सा, हिटर आपूर्ति परियोजना आदि क्षेत्रमा आधारभूत सार्वजनिक सेवा स्तरलाई माथि उकास्नेबारे जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु