फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नारी दिवसको उपलक्ष्यमा नेपालकी राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

(GMT+08:00) 2017-03-08 14:51:32

राष्ट्रपति विद्यादेवी भण्डारीले 107औँ अन्तर्राष्ट्रिय महिला दिवसमा अवसरमा दिनुभएको शुभकामना सन्देशमा महिला सशक्तीकरणका माध्यमबाट लैङ्गिक समानता एवम् महिलाहरूको हक अधिकार सुनिश्चिततामा जोड दिनुभएको छ।

राष्ट्रपति भण्डारीले नेपाली दिदी बहिनीहरूलगायत संसारभर रहेका सबै दिदी बहिनीहरूमा महिला दिवसका अवसरमा सबैलाई हार्दिक बधाइ ज्ञापनसमेत गर्नुभएको छ। नेपालले 'बदलिँदो परिवेशमा कामकाजी महिलाः सन् 2030 सम्म बराबरी पाइला' भन्ने नाराका साथ बनाउँदै आएको छ। महिलाहरूको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष 8 मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने गरिन्छ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मुलुकको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको उल्लेख गगर्नुभयो। त्यसैले संविधानमा महिलाको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको बताउनुभयो। संविधानमा नै व्यवस्थापिका–संसदमा महिलाको 33 प्रतिशत प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको उहाँको भनाइ छ।

जानकारी तथा लेखहरु