फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय बौद्धिक सम्पत्ति नीति पारित

(GMT+08:00) 2017-03-08 14:54:47

राष्ट्रिय बौद्धिक सम्पत्ति नीति–2073 मन्त्रि परिषदको विधेयक समितिले पारित गरेको छ। समितिले नीतिलाई केही परिमार्जन गर्दै अन्तिम रुप दिएको हो।

एक हप्ताअघि मन्त्रिपरिषद बैठकले नीति पारित गर्दै विधेयक समितिमा पठाएको थियो । सोमबार बसेको विधेयक समितिको बैठकले पहिलोपटक बनेको 'राष्ट्रिय बौद्धिक सम्पत्ति नीति 2073' पारित गरेको हो।

उद्योगमन्त्री नविन्द्रराज जोशीका अनुसार समितिले केही परिमार्जनसहित पारित गरेको हो ।' व्यवसायीले यस नीतिमा विशेष चासो राखेकाले लगानीको वातावरण बनाउन सहयोग पुग्ने बताउनुभयो।

पहिलोपटक सबै बौद्धिक सम्पत्तिलाई समेटेर राष्ट्रिय बौद्धिक सम्पत्ति नीति बनाइएको छ। अहिलेसम्म बौद्धिक सम्पत्ति सम्बन्धी नीति नै फरक फरक थिए। हालसम्म बौद्धिक सम्पत्ति अन्र्तगत कला, सिर्जनाको प्रतिलिपि, ट्रेडमार्क, डिजाइन, पेटेन्ट जस्ता विषयलाई मात्र हेर्ने गरिएको थियो । तर, नयाँ नीतिले यसबाहेक विश्वमा बौद्धिक सम्पत्ति भनेर संरक्षण गरिएका अन्य विषयलाई पनि समेटेको छ।

नयाँ बन्न लागेको नीतिमा प्रतिलिपि, ट्रेडमार्क, डिजाइन, पेटेन्टबाहेक भौगोलिक संकेत, वनस्पतिका नयाँ प्रजाति, व्यावसायिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदाको बौद्धिक सम्पत्ति, जैविक विविधता एवं आनुवांशिक स्रोतको बौद्धिक सम्पत्ति लगायत विषयलाई वौद्धिक सम्पत्ति अन्र्तगत संरक्षण गरेर नीति बनाइएको छ।

जानकारी तथा लेखहरु