फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र भारतबीच मूल्यवृद्धि समान

(GMT+08:00) 2017-03-08 14:58:13
पछिल्लो समय मुलुकको समग्र वातावरण सहज बन्दै जाँदा नेपाल र भारतबीचको मूल्यवृद्धि समान हुन पुगेको छ । पुस महिनामा नेपाल र भारतको वार्षिक वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 3.2 प्रतिशत छ।

चालू वर्षको मुद्रास्फीति लक्ष्य 7.5 प्रतिशतको तुलनामा पुसमा देखिएको मुद्रास्फीति 4.3 प्रतिशत विन्दुले कम रहेको कारोबार अनलाईनले जनाएको छ। यो मूल्यवृद्धि सूचकांकको अर्थ 2072 पुसमा 1 सय रुपैयाँमा पाईने कुनै सामान गत पुसमा 1 सय 3 रुपैयाँ 20 पैसामा पाईन्छ भन्ने बुझिन्छ।

2072 वैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, गत आर्थिक वर्षको सुरुवातदेखि नै देखिएको तराई आन्दोलन र दक्षिणका व्यापार नाकाहरूमा भएको अवरोधका कारण नेपाल र भारतबीच मुद्रास्फीति दरको अन्तरमा उच्च वृद्धि देखिँदै आएको थियो ।त्यस्तै, नेपालको मूल्यवृद्धिमा आन्तरिक रुपमा हुने बन्द हड्ताल, चक्काजाम, व्यवासायीहरूद्वारा सिर्जित सिन्डिकेटको पनि हात रहेको पाइन्छ। गत वर्ष पुसमा नेपालमा 12.7 प्रतिशत र भारतमा 5.7 प्रतिशत मूल्य बृद्धि रही दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीतिअन्तर 6.4 प्रतिशत थियो । नेपालको मूल्यवृद्धिमा भारतीय मूल्यवृद्धिको प्रभाव करिव 50 प्रतिशत रहेको अनुमान गरिँदै आएको छ।

राष्ट्र बैंकद्वारा सार्वजनिक पुसको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा पेट्रोलियम पदार्थको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा हुनसक्ने वृद्धि भने नेपालको मुद्रास्फीतिमा चुनौती हुने देखाएको छ ।सामान्य अवस्थामा नेपाल र भारतबीच अधिकतम 2 प्रतिशतसम्म मूल्यवृद्धि अन्तर रहने गर्छ।

जानकारी तथा लेखहरु