फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारले दुर्गम क्षेत्रमा खाद्य ढुवानीका लागि गोदाम राख्ने

(GMT+08:00) 2017-03-08 15:00:42
सरकारले दुर्गम क्षेत्रमा खाद्य ढुवानी गर्न थप 7 स्थानमा गोदाम राख्ने भएको छ। गोदाम अभावकै कारण ढुवानी प्रभावकारी हुन नसकेपछि गोदाम थप्न लागिएको हो। आपूर्तिमन्त्री दीपक बोहराका अनुसार हुम्लाको सर्केगाड र श्रीनगर, डोल्पाको सर्मी, लुकु र काइगाउँमा गोदाम स्थापना गरिनेछ।

कालिकोटको थ्रिपु र गोर्खाको सिर्दीबासमा गोदाम बनाउने योजना खाद्यको ईकान्तिपुर अनलाईनले जनाएको छ। ती स्थानहरूमा एक–एक सय टन क्षमताका गोदाम निर्माण गरिने मन्त्री बोहराले बताउनुभयो। यसका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गसिकेको आपूर्तिले जनाएको छ।

जानकारहरूका अनुसार गाउँबाट हुम्ला र डोल्पा जिल्लाको सदरमुकाम आइपुग्न 5 देखि 7 दिनसम्म लाग्छ । दुर्गम गाविसहरूमा गोदाम निर्माण भए सर्वसाधारणलाई राहत हुने मन्त्रालयले जनाएको छ।

खाद्य संस्थान प्रमुख गोकुल धितालका अनुसार 7 स्थानमा गोदाम निर्माण गर्दा करिब 1 करोड 72 लाख रुपैयाँ लागत लाग्छ। दीर्घकालीन सोचका लागि गोदाम राख्न खोजेको बताउँदै उहाँले यसको मुख्य उद्देश्य सहज रूपमा खाद्य उपलब्ध गराउनु रहेको बताउनुभयो। हाल मुलुकभर सस्थानसँग 1 लाख टन क्षमताको गोदाम छ।

दुर्गम जिल्लाको गाविसहरूमा नहुँदा सर्वसाधारणले समयमै खाद्यान्न पाउन सकेका छैनन्। कर्णालीमा कुल खेतीयोग्य जमिन 4 लाख 4 हजार 5 सय 11 हेक्टरमध्ये 1 लाख 23 हजार 8 सय 19 हेक्टर क्षेत्रफल बाँझो छ। उपयोग भएको भूमिमा पनि सिँचाइ र मलबीउ अभाव रहेको मन्त्री बोहराले बताउनुभयो।

जानकारी तथा लेखहरु