फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणप्रति सुरक्षा परिषदको कडा निन्दा

(GMT+08:00) 2017-03-08 15:02:36

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मार्च सात तारिख राति एउटा विज्ञप्ति सार्वजनिक गर्दै उत्तर कोरियाले हालै क्षेप्यास्त्र प्रक्षेपण गरेकोमा कडा शब्दमा निन्दा गर्नुका साथै उत्तर कोरियाली प्रायद्वीप आदि क्षेत्रको तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्न आह्वान गरेको छ।

उक्त विज्ञप्तिमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेबाट सुरक्षा परिषद्को सम्बन्धित निर्णय गम्भीर रुपमा उल्लंघन हुनुका साथै क्षेत्रीय र अझ ठूलो परिधिको तनावपूर्ण परिस्थिति उत्पन्न गराएको उल्लेख छ।

तालिका अनुसार, सुरक्षा परिषद्ले आज आठ तारिख उत्तर कोरियाली परिस्थितिबारे छलफल बैठकको आयोजना गर्ने योजना रहेको छ।

जानकारी तथा लेखहरु